बिरगंज कुम्हालटोल टोल सुधार समिती बिरगंज द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी तेस्रो महिनाको निशुल्क भोजन शिविर सम्पन्न।

बिरगंज कुम्हालटोल टोल सुधार समिती बिरगंज द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी तेस्रो महिनाको निशुल्क भोजन शिविर सम्पन्न।

अभिलाष गुप्ता
बिरगंज कुम्हालटोल टोल सुधार समिती बिरगंज द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी तेस्रो महिनाको निशुल्क भोजन शिविर सम्पन्न गरिएको थियो। आज को निशुल्क भोजन शिविरमा आयोजक द्वारा रिक्सा ,ढेला , इरिक्सा चालक, गरिब असहाय दलित निमुखाहरुको लागि निशुल्क भोजन गराएको थियो।

निशुल्क भोजन शिविर कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष अशोक गुप्ता,सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी ,सल्लाहकार सदस्यहरु समाजसेवीहरु गौरी गुप्ता ,सुरेन्द्र मिश्रा, मनोज मिश्र ,बिजय अग्रवाल,मुन्ना सोनि,रामबाबु रायमाझी,अमित बस्नेत,गोबिन्द ताम्रकार लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।

सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका सहसचिव रितेश गुप्ताले जानकारी गराएका थिए।उनले भने सबै समाज एवम् दाताहरुको सहयोग रहेमा प्रत्येक शनिबार मात्र नभएर प्रत्येक दिन आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयारी अवस्थामा रहेको जनाएका थिए । अर्का समाजसेवी एवम् सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले सम्पुर्ण टोलवासि लाई सेवामा सहयोग गर्न आग्रह समेत गरेका थिए ।

आजको निशुल्क भोजन शिविर सेवामा १ बोरा चामलको भात ,दाल ,आलु कोभीको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वासिलो एवम् पोसिलो हुने गरेको निशुल्क भोजन शिविर कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल राउत अहिर बताएका थिए। सो निशुल्क भोजन शिविर कार्यक्रममा आर्थिक एवम् जिन्सी सहयोग समाजसेबी एवम् दाताहरुको सहयोगले संचालन गरिने छ भनी सहसचीव गुप्ताले जानकारी गराएको थिए।आजको कार्यक्रममा गरिब तथा असहायहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close