
प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यतिबेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता रामबहादुर थापा लगायतका नेताहरू सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन् । नेकपा एमाले भित्रको माधवनेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन् । उनीहरूले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन् । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन ।
मन्त्रीपरिषद बिस्तारसंगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक कोरोना भाईरस र त्यसवाट उत्पन्न समस्या बाट गुर्जिन बाध्य भएका छन । देशको राजनीति नै सहि बाटोमा जान नसके पछि समस्या त्यत्तिकै बढेर जानु स्वभाविक हो । आज राजनीति सही बाटोमा गएको हुन्थ्यो भने सबै कुरा राम्रो हुँदै जान्थ्यो । त्यस्तो राम्रो संकेत केही देखिएन । बिपक्षी दल नेपाली काँगे्रस देखी माधव झलनाथ समूह, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र समूहलगायत दलहरू आ–आफ्नो राजनीति रणनीति बनाउन ब्यस्त छन् । पछिल्लो राजनीति गतिबिधिले मुलुक मुढभेडमा जाने हो की भन्ने चिन्ता पनि बढेर गएको अवस्था छ ।
मुलुकलाई सही ठाउँमा ल्याउन दलहरू मिलेर जानु पर्नेमा धुव्रीकरण बनेका छन् । जनता यो पछिल्लो राजनीति गतिविधि देखेर वाक्क दिक्क छन । देशलाई बिकासको बाटोमा लान छोडेर दलहरु एक आपसमा झै झगडा गरिरहेका छन् । यो राम्रो सङ्केत होइन । जनताले लडेर ल्याएका यी प्राप्त उपलव्धिहरू गुम्ने हो की भन्ने चिन्ता बढेर गएको छ । आज दलहरू नमिल्नाले यी समस्याहरू उत्पन्न भइरहेका छन् । एमाले भित्रको बिवादले झन सङ्कट निम्त्याएको छ । एमाले पार्टी मिल्ला मिल्ला जस्तो देखिन्छ फेरि भाँडिन्छ । यो कस्को स्वार्थमा यस्तो भइरहेको छ कुनै पत्तो छैन । यति बेला जनता चरम निराशामा छन् । जनताको दुखेको मनमा मलम पट्टि लगाईदिने कोही छैनन् । जनता खाई नखाई कर तिर्छन तर आफूले राज्यवाट कुनै सेवा सुबिधा सहजरुपमा पाउन सकिरहेका छैनन् । यस्तो भए पछि जनता निराश हुनु स्वभाविक नै हो । जनता निराश हुनु भनेको राम्रो कुरा होइन, यसले ब्यवस्था माथि नै सङ्कट ल्याउँछ ।
सङ्कटबाट पार पाउँनका लागी दल र तिनका नेताहरू इमान्दार बन्नु पर्ने जरुरी देखिएको छ । दलहरू इमान्दार नबन्दा यो समस्या उत्पन्न भएको हो । आज जसरी दलहरू आ–आफ्नो स्वार्थपूर्ति हुने खालका डम्फू बजाउँदै हिडिरहेका छन त्यसले राम्रो सङ्केत दिइरहेको छैन । प्रधानमन्त्री ओलीले आफनै पार्टी मिलाउन नसकेर जसरी सत्ता लम्व्याउनका लागी जसपा ठाकुर समूहलाई सरकारमा सहभागी गराउनु भएको छ त्यसले मुलुकलाई सहजरुपमा अगाडी बढाउला जस्तो सङ्केत देखिदैन । मुलुक फेरि मुढभेड तर्फ जाने खतरा देखिएको छ । विपक्षी दलहरू फेरि संसद पुनःस्थापना हुने कुरामा ढुक्क छन् । फेरि संसद पुनःस्थापना भइहाल्यो भने मुलुकको राजनीति सही बाटोमा आउने बिश्वास बिपक्षी दलहरूले लिएका छन् ।




