
अभिलाष गुप्ता
रक्सौल प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक नेपाली युवालाई पक्राउ गरेको सूचना प्राप्त भएको छ । पूर्व चम्पारण मोतिहारीका एसपी स्वर्ण प्रभातले विज्ञप्ति जारी गर्दै गोप्य सूचनाको आधारमा रक्सौलको प्रहरी चौकी र एएलटीएफको संयुक्त छापामार टोलि द्वारा करिब ४२ लाखको लागुऔषध चरेस, १०० ग्राम ब्राउन सुगर, लागूऔषध कोरेक्स २२ थान, कोरेक्स सिरपको खाली डब्बा ३२ थान, नेपाली नम्वरको स्कुटी एक थान र अर्को मोटरसाइकल एक थान बरामद भएको छ । कोइरिया टोला सैनिक रोड स्थित बिरगंज मुर्ली निवासी राजा हुसैन पक्राउ परेका छन् । जसको मूल्य करिब ४२ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।
यस छापामारीमा एसडीपीओ धीरेन्द्र कुमार, पुआनी एकता सागर, परिपुआनी कुमार प्रभात, पीटीसी विकास कुमार लगाएतका टोलि संलग्न थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




