वीरगन्ज-१० मा आयाेजित क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले जित्याे

वीरगन्ज-१० मा आयाेजित क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले जित्याे

वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा आयाेजित तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले जितेकाे छ।

ठाकुरराम बहुमुखी क्याम्पसकाे शिक्षा संकायकाे खेलमैदानमा शनिबार भएकाे फाइनल खेलमा बागमतीलाइ ५ विकेटले हराउदै जनकपुरले उपाधि उचालेको हाे ।

बागमतीले दिएकाे १०७ रनको लक्ष्य जनकपुरले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै उपाधि जितेकाे हाे।जनकपुरका लागि केशव श्रीवास्तवले सर्वाधिक ४२ र दिपु गुप्ताले ३४ रन बनाए।

बलिङतर्फ बागमतीका लागि राहुलकुमार र माैसम गुप्ताले समान दुई दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेकाे बागमतीले १९.१ ओभरमा अलआउट हुँदै १०६ रन बनाएकाे थियाे।उसका लागि सन्देश गुप्ता र माैसम गुप्ताले समान ३०/३० रन बनाए।बलिङतर्फ जनकपुरका लागि केशव श्रीवास्तवले ३ तथा अकबर अन्सारी र अनुराग सर्राफले समान २/२ विकेट लिए।

फाइनल खेलकाे म्यान अफ दी म्याच जनकपुरका केशव श्रीवास्तव घाेषित भए ।

प्रतियोगिताको म्यान अफ दी सिरिज बागमतीका राेशन कानु, उत्कृष्ट ब्याटर लुम्बिनीका सुमित गुप्ता,उत्कृष्ट बलर जनकपुरका आयुष सिंह र उत्कृष्ट फिल्डर जनकपुरका राेहित कुमार घाेषित भए ।

प्रतियोगिताको समापन समाराेहमा वडाध्यक्ष सुशील कुमार कानुले उपाधि विजेता टिम जनकपुरलाई ट्रफी र नगद २५ हजार रुपैयाँ र उपविजेता टिम बागमतीलाई ट्रफी र नगद १५ हजार रुपैयाँ प्रदान गरे।

वडाध्यक्ष कानुकै अध्यक्षतामा भएको प्रतियाेगिताकाे समापन कार्यक्रममा वडा सदस्यहरु संतोष जैशी चौलागाईं , प्रभु महतो,वडा सचिव पवन प्रधान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कुमार कानु , छठ पुजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु , समाज सेवि प्रभाकर गुप्ता लगायतकोपनि उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close