
भरतपुर महानगरपालिद्वारा हरेक वडामा क्वारेन्टाईन स्थापना गर्ने निर्णय
चितवन , भरतपुर। जेष्ठ ०६ गते मंगलवार ।
भरतपुर महानगरपालिकामा कोरोना संक्रमित जिल्ला तथा बाहिरी देशबाट समेत मान्छे आउन थालेपछि हरेक वडास्तरमा क्वारेन्टाईन निर्माण गरिने भएको छ ।
महानगर कार्यपालिकाको हिजो आइतबार बसेको बैठकले क्वारेन्टाईन व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ । ती निर्णयका आधारमा वडा तहमा क्वारेन्टाईन व्यवस्थापन गर्न महानगरपालिका कार्यालयले सबै वडालाई पत्र काटेको छ ।
त्यसमा हरेक वडामा न्यूनतम १० बेड क्षमताको क्वारेन्टाईन स्थापना गर्न भनिएको छ । स्थानीय लज, तालिम केन्द्र, होटल, विद्यालय वा सामुदायिक भवन जस्ता स्थानमा क्वारेन्टाईन स्थापना गर्न भनिएको छ । साथै कमभन्दा कम खर्च हुने गरी क्वारेन्टाईन स्थापना गर्न पनि पत्रमा भनिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




