शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै कसुर बाँकी रहँदैन् : एसपी कोमल शाह

शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै कसुर बाँकी रहँदैन् : एसपी कोमल शाह

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै नवनियुक्त प्रहरी प्रमुख एसपी कोमल शाहले शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै कसुर बाँकी नरहने बताएका छन् ।

प्रहरी महानिरिक्षक देखि नै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन रहेको भन्दै उनले आफू मातहातका कर्मचारीबाट पनि छवि बिगार्ने काम भए तत्काल कारबाहीको प्रकृयामा अगाडि बढाउने बताए । उनले जिल्लामा हुने गुन्डागर्दी, तस्करी र आर्थिक लेनदेनमा कुनै पनि सझौता नहुने बताएका छन् ।

“सत्य सेवा सुरक्षणम”लाई नै मुल नारा मानी त्यसकै भित्र रहेर आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने मेरो र मेरो संगठनको चाहान रहेको एसपी शाहको भनाई थियो ।

जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नकिने जिकिर गदै आम काभ्रे बासीले प्रहरीलाई समयमा नै सुचना दिई जिल्लाको बारेमा सधैव प्रहरीलाई सहयोग गर्ने समेत एसपी शाहले आग्रह गरे। सभार:- बेथानचोक खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close