धनुषाका प्रहरी निरीक्षक ओम प्रकाश यादव ‘असोज २०८२ का उत्कृष्ट प्रहरी’ घोषित

धनुषाका प्रहरी निरीक्षक ओम प्रकाश यादव 'असोज २०८२ का उत्कृष्ट प्रहरी' घोषित

जिल्ला प्रहरी कार्यालय धनुषाले असोज महिनाको ‘Police of the Month’ मा प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई चयन गरेको छ। इलाका प्रहरी कार्यालय यदुकुहा धनुषामा कार्यरत यादवले विभिन्न आपराधिक गतिविधिहरूमा सफलता प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई यो सम्मान दिइएको हो।

प्रहरी निरीक्षक यादवले हालसालै मात्रै ८ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबारमा संलग्न विभिन्न फरार अभियुक्तहरूलाई पक्राउ गरेका छन्। साथै, भारतीय ₹४,१४,००० र नेपाली रु ५,४०,००० नगदसहित तिन जना भारतीय नागरिकहरूलाई समेत पक्राउ गरिएको उल्लेख गरिएको छ।

यादवले मानव बेचबिखन, चोरी, ठगी लगायतका घटनाहरूमा पनि सक्रियता देखाएका छन्। उनी विशेषगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका वडानं ५ मा ५०/५२ वर्षका फरार अभियुक्तलाई समात्न सफल भएका थिए। Gen-Z नामक सामाजिक संगठनमार्फत युवाहरूलाई नशाको दुर्व्यसनबाट जोगाउने, साइबर अपराधबारे जनचेतना फैलाउने काममा पनि यादवको उल्लेखनीय योगदान रहेको छ।

त्यस्तै, दुर्गा मूर्ति तोडफोडको घटनामा उत्पन्न तनाव व्यवस्थापन गर्दै हिन्दु र मुस्लिम समुदायबीचको झगडा नियन्त्रणमा लिन यादवको भूमिका प्रशंसनीय रहेको जनाइएको छ। साथै, मानसिक रोगी २३ जनालाई उपचारमा सहयोग पुर्‍याउँदै समाजप्रति सकारात्मक योगदान दिएका छन्।

उच्च मनोबल, कर्तव्यनिष्ठा, र सामाजिक उत्तरदायित्वका आधारमा प्रहरी निरीक्षक यादवलाई असोज २०८२ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close