
नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मीले हिन्दूहरूको महान् पर्व दिपावली (तिहार) र लोकआस्थाको पर्व छठको अवसरमा सम्पूर्ण देशवासीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै कुर्मीले दिपावलीले उज्यालो, भाइचारा र स्नेहको संदेश फैलाउने बताउँदै छठ पर्वले स्वच्छता, श्रद्धा र संयमको प्रतिकको रूपमा नेपाली समाजमा गहिरो स्थान बनाएको उल्लेख गरे।
“यस्ता महान् चाडपर्वहरूले पारस्परिक प्रेम, सद्भाव र एकताको भावना झनै मजबुत बनाउने विश्वास लिएको छु,” उप-सभापति कुर्मीले भने। साथै उनले समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक विविधताको सम्मान गर्दै शान्ति र समृद्धिको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरे।
दिपावली र छठ विशेषगरी मधेस क्षेत्रमा धूमधामका साथ मनाइने परम्परागत पर्वहरू हुन्। यस सन्दर्भमा कुर्मीले यी पर्वहरू नेपाली समाजको सांस्कृतिक विविधता र साझा पहिचानको प्रतिक भएको उल्लेख गरेका छन्।




