उत्कृष्ट कार्यसम्पादनका लागि पर्साका एसपी सुदीप राज पाठकसहित १९ प्रहरी अधिकारी सम्मानित

उत्कृष्ट कार्यसम्पादनका लागि पर्साका एसपी सुदीप राज पाठकसहित १९ प्रहरी अधिकारी सम्मानित

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक सम्मानित भएका छन्। उनीसँगै देशभरका अन्य १९ जना एसपीहरूलाई पनि उत्कृष्ट कार्यसम्पादनको आधारमा पुरस्कार प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेका हुन्।

प्रहरी संगठनभित्र उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न र कार्यक्षमता अभिवृद्धि गर्न यस्तो कदम चालिएको बताइएको छ। आइजिपी कार्कीले यस्ता पुरस्कारले अन्य कर्मचारीहरूलाई पनि जिम्मेवारीप्रति अझ प्रेरित बनाउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close