वीरगञ्जमा ‘आराध्या इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी’ सञ्चालनमा आउने, विदेश अध्ययनका लागि व्यापक परामर्श सेवा

वीरगञ्जमा ‘आराध्या इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी’ सञ्चालनमा आउने, विदेश अध्ययनका लागि व्यापक परामर्श सेवा

वीरगञ्ज महानगरपालिका–२४, रानीघाटमा ‘आराध्या इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.’ सञ्चालनमा आउने भएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई सही सूचना, परामर्श तथा मार्गदर्शन उपलब्ध गराउने उद्देश्यसहित उक्त कन्सल्टेन्सी स्थापना गर्न लागिएको हो।

कन्सल्टेन्सीले विद्यार्थीहरूलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मनी, दक्षिण कोरिया, फिनल्यान्ड, साइप्रस, माल्टा, जापान, भारत र इटाली लगायतका विभिन्न देशहरूमा अध्ययनका लागि आवश्यक परामर्श, कागजी प्रक्रिया र आवेदनसम्बन्धी सहयोग प्रदान गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय शिक्षा मार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य संस्थाले लिएको बताइएको छ।

विदेश अध्ययनसम्बन्धी परामर्श सेवासँगै कन्सल्टेन्सीले IELTS तयारी कक्षा, जापानी भाषा कक्षा, कोरियन भाषा कक्षा तथा लोक सेवा आयोगको तयारी कक्षा पनि सञ्चालन गर्ने योजना बनाएको छ। यसले विदेश अध्ययन मात्र नभई स्वदेशमै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

संस्थाका अनुसार विद्यार्थी तथा अभिभावक दुवैलाई सहज र भरोसायोग्य सेवा उपलब्ध गराउन पारदर्शी र निष्पक्ष कार्यशैली अपनाइनेछ। विदेश अध्ययनका लागि आवेदन प्रक्रिया गर्दा विद्यार्थीहरूबाट मौलिक (Original) कागजात नलिने नीति कन्सल्टेन्सीले अपनाउने जनाएको छ, जुन अभ्यास धेरै कन्सल्टेन्सीहरूमा कमै देखिने दाबी गरिएको छ।

विद्यार्थीहरूको शैक्षिक भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउन योगदान दिने लक्ष्यका साथ ‘आराध्या इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.’ सञ्चालनमा ल्याउन लागिएको हो।

उक्त कन्सल्टेन्सीका संस्थापक आकाश पटेल र राकेश सहानी रहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close