वीरगन्जमा इलेक्ट्रोनिक स्कुटरकाे ब्याट्री पड्किदा गढीमाई लजमा भएको थियाे आगलागी

वीरगन्जमा इलेक्ट्रोनिक स्कुटरकाे ब्याट्री पड्किदा गढीमाई लजमा भएको थियाे आगलागी

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित जिल्ला प्रशासन कार्यालय पर्सा नजिक रहेको गढिमाई लजमा बिहीबार बिहान पार्किङ गरिएको ईलेक्ट्राेनिक स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब ७ बजे भएको आगलागीबाट स्कुटर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लजका विभिन्न सामानपनि जलेर क्षति भएको छ ।

मधेस प्रदेश ०३–०३९ प १४४३ नम्बरको स्कुटर लजमा पार्किङ गरिएको अवस्थामा अचानक ब्याट्री पड्किएर आगो लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगलागीबाट स्कुटरसँगै लजभित्र रहेका फर्निचर, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा, होर्डिङ बोर्ड लगायतका सामग्री जलेर नष्ट भएकाे लज तथा स्कुटरका धनी किशन साह कानुले बताए ।

उनका अनुसार, पार्किङ गरिएको स्कुटरबाट एक्कासि धुवाँ निस्किएपछि विस्फोटजस्तै आवाज आएको थियो । त्यसलगत्तै आगो सल्किएर आसपासका संरचनामा फैलिएको उनले बताए ।

आगलागीको सूचना पाएपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगन्ज महानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भएपनि स्कुटर र लजका सामानहरु जलेर क्षति भएको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close