७२ घन्टापछि नारायणी अस्पताल जनरल सेवामा सुचारु हुने :- मेयर सरावगि

७२ घन्टापछि नारायणी अस्पताल जनरल सेवामा सुचारु हुने :- मेयर सरावगि

बिरगंज , ज्येष्ठ १२ गते सोमबार ।

बिरगंंज महानगरपालिका मेयर बिजय सरावगीले आफ्नो आधिकारिक फेशबुक मार्फत नारायणी अस्पताल ७२ घन्टा भित्र आम सर्वसाधारण जनताको उपचारको लागी जनरल अस्पतालको रुपमा परिणत गरि संचालन हुने बारे सम्पुर्णमा जानकारीको लागी लेखेका छन ।

नारायणी अस्पतालको आइसोलेशनमा भर्ना भएको सम्पूर्ण कोरोना संक्रमित विरामीहरु आज स्वास्थलाभ गरी डिस्चार्ज हुनु भएकोले कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनुभएका सम्पूर्ण महानुभावहरुको पूर्ण स्वास्थलाभको कामना गरेका छन ।

भोली देखि नै वीरगंज महानगरपालिकाले नारायणी अस्पताललाई संक्रमण मुक्त राख्न निर्मुलीकरण (स्यानिटाइज)को कार्य गर्ने र आउने ७२ घण्टा पछि अस्पताल पूर्णरुपमा जनरल अस्पतालको रुपमा संचालनमा आउने भनेका छन ।

नारायणी अस्पताललाई सर्वसाधारण जनताले उपचार गर्न पाउने अस्पतालको रुपमा संचालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य महानगरपालिकाको हुने छ । नारायणी अस्पताललाई जनताको अस्पताल वनाउन पहल गर्नुहुने पर्सामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेतृत्वगण,माननीयज्यूहरु, संविधानसभाका सदस्यज्यूहरु, पूर्व माननीयज्यूहरु, जनप्रतिनिधिज्यूहरु, नागरिक समाजका अगुवाहरु, प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखज्यूहरु, नारायणी अस्पातालका मेसु सहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सम्पूर्ण उद्योगी ब्यवसायीहरु, संचारकर्मी मित्रहरु, आदरणीय वीरगंजवासी दाजुभाई दिदी वहिनीहरुमा विशेष धन्यवाद सहित आभार प्रकट गरेका छन । संकटको घडिमा वीरगंजका जनताको सेवाको लागि वीरगंज महानगरपालिका तपाईहरुको साथमा हुने विश्वास ब्यत्त गनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close