स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पर्साबाट पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पर्साबाट पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा ना.१० प ८४४९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ स्थायी घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुला बस्दै आएका ४२ वर्षीय बिपेश हिमुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमुङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय मुद्रा कुल २ लाख ९ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ। बरामद रकममा भारतीय ५०० दरका ३९६ थान (१ लाख ९८ हजार रुपैयाँ), २०० दरका ७५ थान (१५ हजार रुपैयाँ) र १०० दरका ३६५ थान (३६ हजार ५०० रुपैयाँ) का नोट रहेका छन्।

बरामद गरिएको प्रतिबन्धित भारतीय मुद्रा तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close