NICCI वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

NICCI वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI) वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटल वीरगञ्ज प्रा.लि. बीच NICCI का सदस्य, बोर्ड सदस्य, कर्मचारी तथा कामदारहरू र उनीहरूका योग्य प्रत्यक्ष आश्रित परिवारका सदस्यलाई विशेष स्वास्थ्य सेवा तथा सहुलियत उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार NICCI अन्तर्गतका लाभग्राहीले नारायणी सेन्ट्रल हस्पिटलबाट बाह्यरोगी सेवा (ओपीडी) मा २० प्रतिशत, अस्पतालको शय्यामा २० प्रतिशत, प्रयोगशाला तथा निदान सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

त्यसैगरी, औद्योगिक दुर्घटना तथा आकस्मिक घटनामा आवश्यक आपत्कालीन व्यवस्थापन तथा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ। उच्च तहका व्यवस्थापनका लागि विशिष्ट अतिथि कक्ष तथा प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।

सम्झौतामा नारायणी सेन्ट्रल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक डा. पवन पटेल तथा NICCI वीरगञ्ज च्याप्टरका तर्फबाट अध्यक्ष अभिषेक चौधरीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका गरी ६ जना सदस्य तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

NICCI वीरगञ्ज च्याप्टरले व्यवसायी, उद्योगी, कर्मचारी तथा कामदारहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सहकार्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close