सरकारी मोटरसाइकल व्यक्तिगत काममा प्रयोग नगर्न पकहाँमैनपुर गाउँपालिकाको चेतावनी

सरकारी मोटरसाइकल व्यक्तिगत काममा प्रयोग नगर्न पकहाँमैनपुर गाउँपालिकाको चेतावनी

पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिकाले सरकारी सवारीसाधनको दुरुपयोग नगर्न कर्मचारीहरूलाई सचेत गराएको छ। गाउँपालिकाले आफ्नो नाममा दर्ता रहेका दुईवटा मोटरसाइकल सरकारी कामबाहेक व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न निर्देशन दिएको हो।

गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै गाउँपालिकाबाट बुझिलिई प्रयोग गरिरहेका मोटरसाइकल व्यक्तिगत काममा प्रयोग नगर्न कर्मचारीहरूलाई आग्रह गरेको छ। साथै, गाउँपालिकाको नाममा दर्ता रहेका सरकारी मोटरसाइकल भारततर्फ नलैजान पनि सूचनामार्फत स्पष्ट पारिएको छ।

सरकारी सवारीसाधनको दुरुपयोग भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिन्सी शाखा तथा कर्मचारी प्रशासन शाखालाई बोधार्थ दिइएको छ।

त्यसैगरी, उक्त सूचना गाउँपालिकाको वेबसाइट तथा फेसबुक पेजमा समेत प्रकाशन गर्न सूचना प्रविधि शाखालाई निर्देशन दिइएको छ।

सरकारी स्रोतसाधनको उचित उपयोग, पारदर्शिता र जिम्मेवार प्रशासन सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले यस्तो सूचना जारी गरेको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close