कोरोनाका बिरामी उपचार नगरेपछि स्पेनका सम्पूर्ण नीजि अस्पताल राष्ट्रियकरण

काठमाडौँ, १४ चैत्र । स्पेन सरकारले सम्पूर्ण नीजि स्वास्थ्य संस्था राष्ट्रियकरण गरेको छ । कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको अवस्थामा नीजि अस्पतालहरुले उपचार गर्न आनाकानी र लापर्वाही गरेपछि स्पेन सरकारले सम्पूर्ण अस्पतालहरुलाई राष्ट्रियकरण गरेको हो ।

कोरोनाभाइरसविरुद्ध लड्न सम्पूर्ण अस्पतालहरुलाई राष्ट्रियकरण गर्न आवश्यक भएएको स्पेन सरकारले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री पेन्ड्रो सान्चेजको निर्देशनमा स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले सबै नीजि अस्पतालहरु राष्ट्रियकरण गरेको घोषणा गरेका हुन् । साल्भाडोरले कोरोनभाइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्न नीजि अस्पतालाई राष्ट्रियकरण गरेको बताएका छन् ।

सो घोषणासँगै स्वास्थ्यमन्त्री साल्भाडोरले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्याउन आग्रह गरेका छन् । स्पेनमा कोरोना तीब्र रुपमा फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म ५६ हजार २ सय जनामा कोरोन संक्रमण भएको पुष्टी भएको छ भने ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ ।

स्पेनले यसअघि नै राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिसकेको छ । स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ । नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधिजस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।

यसैबीच प्रधानमन्त्री सान्चेजले नागरिकको सुरक्षाको लागि सबै कदम चालिरहेको बताएका छन् । उनले महामारीको गति सुस्त बनाउदै नियन्त्रण गर्ने कदम चालिरहेको बताए ।

प्रधानमन्त्री सान्चेजकी पन्ती बेगोना गमेजलाई पनि कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ ।

नेपालमा आफूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको बताउँदै आएका अस्पतालहरुले समेत कोरोनाका बिरामीको सामान्य चेकजाँच समेत गर्न मानेका छैनन् । उनीहरुले खुलेरै कोरोनाका बिरामीको उपचार नगर्ने बताइरहेका छन् । कोरोना त के अहिले सामान्य ज्वरो आएका बिरामीलाई समेत नीजि क्षेत्रका अस्पतालहरुले भर्ना गर्न मानिरहेका छैनन् । के नेपाल सरकारले पनि स्पेनको जस्तै कदम चाल्न सक्छ भन्ने प्रश्न गम्भीर भएर आएको छ ।

कोरोनाको महामारी फैलिएमा अस्पतालमा ताला लगाएर संचालक थानकोट काट्‍न बेर छैन । यस्तो अवस्था आउन नदिन सरकारले समयमै नीजि अस्पतालाई पैसा कमाउन मात्रै हो‍इन सेवा गर्नपर्छ भन्‍ने बोध गराउनु पर्छ । अनलाई डबली

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close