वीरगञ्जलाई सुन्दर र व्यवस्थित वीरगन्ज बनाउने अभियानमा आम नागरिकको अहम् भूमिका

असार, वीरगञ्ज । वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन अभियान सुरु गरिने भएको छ । अभियानमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ, व्यवस्थित वीरगञ्ज अभियान लगायतसँग सहकार्य गर्दै अभियान सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य संघ, बैङ्कर्स एसोसियसन, जवाफदेहिताका लागि हाम्रो अभियान, वीरगञ्ज युवा समाज, सानो पाइला, भोलिन्टियर ग्रुप लगायत ४१ वटा सरकारी तथा गैरसकारी संघ संस्था अभियानमा सहयोग गर्न सहमति जनाएका छन् ।

विश्वभरि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामकाको लागि विविध जनचेतनामूलक कार्यक्रम गर्ने, पर्सामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न समुदाय प्रहरी साझेदारीमा अभिवृद्धि गर्ने, सरोकारवालालाई नै जिम्मेवार बनाउने, अपराध अनुसन्धान, अपराध रोकथाम तथा नियन्त्रण गर्न र आपराधिक गतिविधिको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन समुदायलाई नै जिम्मेवार बनाउने, महिला तथा बालबालिका एवं अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि विभिन्न अल्पकालिन र दिर्घकालिन कार्यक्रम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

अहिले सीसीटीभी हेरेर अपराधी समात्न सक्ने अवस्था छैन, प्रतिबन्धित औषधीहरु सीमापारि सहजै पाइन्छ, सवारी पार्किङ व्यवस्थित नहुँदा वीरगञ्ज अस्तव्यस्त देखिएको छ,’ एसपी पन्तले भनिन्, ‘समुदायसँग गरिने सहकार्य, समझदारी, सहमति र सद्भावको विकास नै व्यवस्थित वीरगञ्जका लागि समुदाय प्रहरी साझेदारीको परिकल्पना गरेका हौं ।’

पहिलो चरणमा, वीरगञ्जको फुटपाथ, सडक, फलफुल तथा तरकारी बजार व्यवस्थित गर्न तत्काल काम सुरु गर्ने, सवास्थ्य तथा अन्य सुरक्षा सचेतनामूलक कार्यक्रम गर्ने, सीसीटीभी जडान र विस्तारका लागि पहल गर्ने, लागू पदार्थको ओसारपसार, दुव्र्यसन नियन्त्रणका लागि आवश्यक कदमहरु चाल्ने, मोटरसाइकल चोरी, लुटपाट आदि जस्ता समस्या आउन नदिने तयारी गरिएको छ ।

त्यसका लागि एसपी पन्तले आइतबार बिहान सरोकारवालालाई बोलाएर अभियानको बारेमा जानकारी समेत गराएकी छन् ।

रामजानकी मन्दिर र बीमा संस्थानको जग्गा समेत भाडामा लिएर पार्किङका लागि प्रयोग गर्ने तयारी महानगरको छ । वन वे निर्धारण, पार्किङस्थल छनौट, वन साइड पार्किङ र रोड फर्निचर लगायतका कार्याका लागि महानगरसँग सहकार्य भइरहेको ट्राफिक प्रहरी निरीक्षक कमलराज पण्डितले बताए ।

दुई वर्षमा वीरगञ्जलाई हेर्न लायक बनाउँछु : सरावगी

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पहिला मानसिकतामा परिवर्तन ल्याएर मात्रै वीरगञ्जमा परिवर्तन सम्भव भएको बताए ।

संघ संस्था र नागरिक समाजले साथ दिएकै कारण वीरगञ्जले पीसीआर मेसिन खरिद गर्न सकेको बताउँदै उनले सबैको साथ पाए दुई वर्षमा वीरगञ्जलाई हेर्न लायकको बनाउने दावी गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले काम पनि नगर्ने र आलोचना मात्रै गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

‘खुशी खुशी जे गर्न सक्नुहुन्छ गर्नुस्, गर्न नसक्ने आँट पनि नगर्नुस्, अरुको आलोचना मात्रै गरेर नबस्नुस्,’ अध्यक्ष केडियाले भने, ‘सीसीटीभी जडानका लागि वीरगञ्जमा पैसाको कमी छैन पुग नपुग जोहो पनि गर्न सकिन्छ । हामी होष्टेमा हैंसे गर्न तयार छौं ।’breaknlinks

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close