अबैध औषधि सहित दुई जना मानिस पक्राउ ।

बिरगंज , असार १० गते बुधबार ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राति अन्दाजी ९:३० बजे बी.म.न.पा.वडा नं.२ ईदगाहचोक स्थित भारतको रक्सौलतर्फबाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नं.को मो.सा.मा १ कार्टुन अ.रु.४,५१,६००/- बराबरको अवैध औषधी सहित चालक जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ मा डेरा गरी बस्ने चन्क बहादुर क्षेत्रीको छोरा वर्ष २८ को कमल क्षेत्री र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला बाजुरा स्वामी कार्तिक गा.पा.वडा नं. ९ घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. १६ मा डेरा गरी बस्ने रुपनाथको छोरा वर्ष ३२ को महेन्द्रनाथलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close