नेपाली कांग्रेसको मधेस प्रदेशले प्रथम प्रदेश सम्मेलनलाई भव्यताका साथ आयोजना गर्ने

नेपाली कांग्रेसको मधेस प्रदेशले प्रथम प्रदेश सम्मेलनलाई भव्यताका साथ आयोजना गर्ने

राहुल गुप्ता 

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकले अगामी पौष ५ र ६ गते आयोजना हुने प्रथम प्रदेश समेलनलाई भब्यताका साथ मनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेशका भौतिक मन्त्री कृष्ण प्रसाद यादवको सभापतित्वमा कार्यसम्पादन समितिको पदाधिकारी एवं सदस्यहरुको बैठक बसी सो निणर्य गरेको छ। त्यस्तै विभिन्न उपसमितिहरु गठन गर्ने निणर्य समेत गरेको छ ।

अर्थ समितिमा प्रदिप कुमार यादव संयोजकको रुपमा रहेका छन भने सदस्यमा जय नारायण प्रसाद यादव , ममता महतो,सितल प्रसाद यादव रहेका छन ।

त्यस्तै आर्थिक व्यवस्थापन समितिको संयोजकमा नागेन्द्र प्रसाद साह रहेका छन भने सदस्यमा बिन्दु कुमारी यादव, शेष नारायण यादव,नितेश कुमार गुप्ता,पाण्डव मण्डल , सुनिल ठाकुर,सोनी बोम्जन,राजेश गिरी, जवाहर यादव रहेका छन ।

आवास तथा भोजन व्यवस्थापन समितिको संयोजकमा शेष नारायण यादव रहेका छन भने सदस्यमा सदस्य- जिवनाथ चौधरी, सुरेश प्रसाद यादव,राजकिशोर यादव, ललित साह,सुधीर किशोर यादव रहेका छन ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा नागेन्द्र प्रसाद साह रहेका छन भने सदस्यमा बिन्दु कुमारी यादव, शेष नारायण यादव,नितेश कुमार गुप्ता (प्रचार विभाग प्रमुख) पाण्डव मण्डल सुनिल ठाकुर ,सोनी बोम्जन , राजेश गिरी, जवाहर यादव रहेका छन ।

त्यस्तै प्रदेश सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक/सांगठनीक प्रस्ताव एवं महामन्त्रीको प्रतिवेदन तर्जुमा गर्न अधिकार महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिने सर्वसहमतीबाट निणर्य समेत भएको नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार समितीका संयोजक नितेश गुप्ताले बताए।सो अवसरमा मधेश प्रदेशका स्वास्थ मन्त्री विरेन्द्र सिंहको समेत उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close