
बिरगंज , असार १२ गते शुक्रबार ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार भंसार छली गैर कानूनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ तथा नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा ओसार पसार कार्य नियन्त्रणको लागी खटिएका प्रहरी गस्ती टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिकाको बिभिन्न नाकाहरुमा कपडा, खाध्यान्न, हार्डवेयर लगायतका अं.मु.रू. २,५८,६२०।– (दुई लाख अन्ठाउन हजार छ सय बीस ) बराबरको माल सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




