“गो ब्याक चाइना” भन्दै वीरगञ्जमा नेविसंघको प्रदर्शन, सि जिन पिंगको तस्बिरमा आगो लगाइयो !( भिडियो सहित )

वीरगञ्ज : पश्चिम तिरबाट सिमा अतिक्रमण गरेको पश्चिमी छिमेकी चिनको वीरगञ्जमा विरोध भएको छ ।

विसंघ पर्साका निवर्तमान केन्द्रिय सदस्य सुधीर पटेलको नेतृत्वमा शुक्रबार चिन विरुद्ध प्रदर्शन भएको हो ।

वीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध रैलि घण्टाघरमा आएर कोणसभामा आएर परिणत भएको थियो ।

माइस्थानबाट सुरु भएको रैलि घण्टाघर आउनै लाग्दा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव समेत उत्पन्न भएको थियो ।

विरोधका क्रममा चाईना मुर्दाबाद, सि जिनपिंग मुर्दाबाद, हाम्रो सिमा मिच्न पाइदैन लगायतका नारा लगाएका थिए ।

घण्टाघरमा नेविसंघले चिनका राष्ट्रपति सि जिन पिंगको तस्बिर जलाइएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै वक्ताहरुले गुगलले नेपालको पहिचान सगरमाथालाइ चिनमा देखाइरहँदा पनि नेपाली प्रधानमन्त्री मौन भएको भन्दै आक्रोश पोखेका थिए ।

अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडियाको आन्दोलन गराउन खोजिएको वक्ताहरुले बताएका थिए ।

अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडियाको आन्दोलन गराउन खोजिएको वक्ताहरुले बताएका थिए ।

कोरोनाभाइरसको महामारीका बेला पनि प्रधानमन्त्रीले गैर जिम्मेवार टिप्पण्ी सार्वजनिक गर्दै नागरिकहरु बिच द्वन्द सिर्जना गराउन खोजेको आरोप लगाएका थिए ।

विरोधमा विकेश पटेल, संजिव मिश्रा, दिपक पटेल, विवेक कलवार, अजय कर्ण, राहुल रौनियार, बिट्टु अहमद लगायतका नेविसंघ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।Nepalpostdaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close