
बिरगंज , असार १७ गते बुधबार ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा १६ गते रात्रि अन्दाजी १३:३० बजे जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२४ रामगढवा स्थित भारतबाट नेपालतर्फ आउदै गरेको ना.५१.प.२८०१ नं.को मो.सा.चालक भारत बिहार रक्सौल थाना पंटोका वडा नं.१७ बस्ने रामचन्द्र प्रसाद कलवारको छोरा बर्ष ३६ को प्रमोद कुमार कलवार र जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२५ सिर्सिया बस्ने रघुनाथ साह कलवारको छोरा बर्ष २९ को सत्रुधन प्र.गुप्तालाई शंकालागि रोकी चेकजाँच गर्दा निजहरुको साथबाट श्रोत खुलाउन नसकेको अवैध नगद ६ लाख फेला परेकोले सो नगद र मो.सा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्दै जाने क्रममा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.३ हाल बी.म.न.पा.वडा नं.६ बस्ने नथुनी प्रसाद सोनारको छोरा बर्ष ३७ को अशोक कुमार साह र जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१५ भिष्वा बस्ने रामअश्रेय साहको छोरा बर्ष ५० को भिखारी साह सोनार समेत संलग्न रहेकोले निजहरु समेतलाई नियन्त्रणमा लिई अवैध वितिय कारोवार शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।




