नागरिक समाजद्वारा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र ।

बिरगंज , साउन ३१ गते शनिबार ।

नागरिक समाजद्वारा पर्सामा नया आउनु भएको प्रमुख जिल्ला अधिकारीलाई आज ध्यानाकर्षण गराएका थिए ।नागरिक समाजका संयोजक प्रोफेसर डा. दिपक शाक्यको नेतुत्वमा गएको टोलिले उहा कै कार्यकक्षमा भेटी ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नागरिक समाजले बिरगंजमा रहेका सबै सरकारि तथा निजि अस्पतालहरुमा नेपाल सरकारको निर्णय बमोजिम २० प्रतिशत बेड कोरोना भाईरस बिरामीको उपचारका लागि छुट्याएर बिरामीको उपचारको व्यवस्था मिलाउनु पर्ने , जिल्ला सन्कट व्यवस्थापन केन्द्रले साउन २३ गते नेशनल मेडिकल कलेज अस्पतालको ३ सय बेडको कोभिड संक्रमितको उपचारको लागि उपयुक्त हुने भन्दै केन्द्रिय ccmc मा पठाएको निर्णय कार्यान्वयन गर्न , कोभिड संक्रमीत सङ्ग नजिक
भएकाहरुको ट्रेकिङ, ट्रेसिङ र टेस्टिङ आवश्यक रहेकोले महानगरसंग मिलेर एक घर एक पिसीआर परिक्षणलाई अगाढि बढाउनु पर्ने , नारायणी अस्पताललाई पुन जनरल अस्पतालको रूपमा सन्चालन गर्न , कोभिड सम्बन्धि दिनमा एक पटक आधिकारिक सूचना प्रवाहको व्यवस्था मिलाउन , ५०० बेडको कोभिड अस्पताल निर्माणका लागि संघ तथा प्रदेश सङ्ग पहल गर्न , होम आईसोलेशनमा रहेकाहरुले मापदण्ड पालना नगरेकोले अनुगमन बढाउन , कोरोनाका कारण मृत्यु भएपनि आफ्नो धर्म परम्परा अनुसार अन्तिम सस्कार गर्न पाउनु पर्ने , सिमा नाकाबाट भइरहेको प्रवेशलाई नियन्त्रण गर्न, दैनीक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई राहत उपलब्ध गराउन समेत समाजले माँग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close