
बिरगंज , भदौ ०६ गते शनिबार ।
“जटिल वैश्विक याे काेराेना महामारी , निसुल्क भोजन हाम्रो जिम्मेवारी ” भन्ने मुल मन्त्रका साथ साहिब दरबार सेवा सस्थान , समपर्ण सेवा सस्था र स्टार सेरामिक्स प्रालीद्वारा शनिबार १८ औं दिन पनि निसुल्क भोजन ( खाना) बितरण गर्दै आईरहेको छ ।
निषेधाज्ञाकाे आज २९ औ दिनमा काम नभएको कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न हामिले फेरि नि:शुल्क भाेजन वितरण सुरु गरेको सस्थाका राजेशमान सिंहले जानकारी गराउनु भयो ।
यसअघिको लकडाउनमा सो सस्थाले ३ महिना भाेजन गराएको थियो । त्यसैगरी यसपटक पनि यहाँहरूकाे निरन्तर साथ, सहयाेग र मार्गदर्शन पाईराख्ने हामीले विश्वास लिएको सिंहले बताउनु भयो ।
निसुल्क भोजन कार्यको लागि सहयोग गर्नु हुने सहयोगी हातहरु सस्थाका राजेश सिंह , रूपेश मान सिंह , उमेशलाल सहनी , अफरोज आलम , राहुल तुल्स्यान , किशोर सिंह, विक्रम नगरकोटी, अजय अग्रवाल , कलाम मन्सुरी, मनिष ठकुरी , बिनोद बैठा , सन्दिप बैठा रहनु भएको छ , उहाहरुलाई धेरै धेरै धन्यवाद छ ।




