युथ कांग्रेस नेपाल प्रदेश नं २ द्वारा कार्यवाही को माग

आइतबारका दिन बि.पि कोइराला युवा बिकाश मञ्च पर्साका सदस्य अनिल कुमार चौधरीका कंछो भाई बिक्रम चौधरीको नारायणी अस्पतालमा अस्पताल प्रशासन र चिकित्सकहरु गैर जिम्मेवारीपन ले गर्दा बिना इलाज अकालमै मृत्यु हुन गएकोमा निज बिक्रम चौधरीलाई न्याय दिलाउन कार्वाही को माग गरिएको छ।

२१ गते स्वाश लीन ग्रहो भए पछि निजलाई नेशनल मेडिकल कालेजमा भर्ना गराई उपचार हुदै गर्दाको अवस्थामा त्यस उपचारमा संलग्न चिकित्सकले pcr चेक गराउन भने पछि नारायणी अस्पतालमा दिउसो करीब १०:००-११:०० pcr परीक्षण गर्न गराउन लियाईएकोले स्वाब दीइयो तर सोही दिन चिकित्सकहरुले एक आपसमा गैंग फाइट एवम घमसा घमसी हुन पुगेकोले त्यस दिननै pcr को रिपोर्ट १:००देखी २:००बजे आउनु पर्ने सो रिपोर्ट नआएकोले निज बिक्रम चौधरीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि बेलुका ४:०० ICU मा भर्ना गरियो तर त्यहा ड्यूटीमा रहेका डॉक्टर अनुपस्थिति भएको कारण निज चौधरीलाई आवश्क जातिको उपचार नहुँदा बेलूकी अंदाजी ७:२० बजे निज चौधरीको बिना उपचार अकालमै मृत्यु हुन गएको मा उपचारमा खटीएका चिकित्सक एवमं जो जससंग सम्बंधित संलग्न छन वा जो कोही दोषी छन उनीहरुलाई यथा शीघ्र करवहाइ एवम पीड़ित परिवारलाई क्षतिपूर्ति दीनु हुन युथ कांग्रेस नेपाल प्रदेश नं २ द्वारा संगठन बिस्तार जोड़दार मांग गरेको छ।

साथै आइंदा यस्ता अप्रिय घटना न दोहरियोस भन्दै मांग गरेको राहुल गुप्ता ले जानकारी गराएका छन।त्यस्तै युथ कांग्रेस नेपाल का प्रदेश नं २ का प्रदेश संयोजक रमेश राज समेत ले कार्यवाही को जोरडार माग गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close