ओबिसि पर्साको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले गरे रक्तदान ।

अजित भुजेल

बिरगंज , कार्तिक ०१ गये शनिबार ।

अखिल पिछडावर्ग नेपाल पर्साको आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बिरगंज १३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नु हुनेमा निलम कर्ण, शिखा कर्ण, पुनम कुसवाह , मानबिक चौधरी , मुस्कान बर्णबाल , अकलेश साह , रुपेश सिंह , दिपक्साह , बिजय साह , अतेन्द्र पटेल , मुकेश साह , रन्जन मिश्र , बिशाल पान्डे लगायत्काले रक्तदान गरेका थिए ।

ओबिसि पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी ओबिसीका महासचिव तेज प्रसाद निषाद रहनु भएको थियो ।

त्यसै गरि ओबिसी नेपाल पर्साका उपाध्यक्ष बिकास पटेल , धर्मेन्द्र पटेल , राजन साह , आकाश गुप्ता , सन्दिप महतो , बिनोद यादव , ओबिसी धोबिनी गाबिस अध्यक्ष अनोजित राज रौनियार , रुपेश रौनियार लगायतकाको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close