सर्बोच्च कमान्डर , सर्वमान्य नेता स्वर्गीय गणेशमानजिको १०६ औं जन्मजयन्ती र नेपाली काङ्ग्रेसका सस्थापक नेता सुवर्णशम्शेरजिको ४३ औं स्मृति दिवसमा फोटो र शालिकमा फुलमाला अबिरको साथै दिप प्रज्वलित गरि मनाए।

अजित भुजेल

बिरगंज , कार्तिक २४ गते सोमबार ।

शान्तिपूर्ण लोकतान्त्रिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर सर्वमान्य नेता स्वर्गीय गणेशमानजीको १०६ औं जन्मजयन्तीको शुभ अवसरमा तथा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर जीकाे ४३ओैं स्मृति दिवसकाे अवसरमा सोमबार नेपाली कांग्रेस पर्साले पार्टी कार्यालयमा गणेशमानजी तथा सुवर्ण शमशेरजीकाे फाेटाेमा फुलमाला अबिर चढाएर तथा विर्ता अवस्थित गणेशमानजीकाे सालिकमा फुलमाला अबिर चढाउदै दिप प्रज्जवलन सहित वहाँहरू दुवैको स्मरण कार्यक्रम गरेकाे छ।

साे कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,पूर्व सभापति राजेन्द्र बहादुर अमात्य,उपसभापति दिना गुप्ता,सचिव द्वय किशोरी साह,श्याम पटेल,सहसचिव द्वय राेशन लामिछाने,विरेन्द यादव,जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव,धर्मेन्द्र पटेल,प्रा.डा.दिपक ब.शाक्य,प्रकाश अमात्य,वडा एकाई समिति सभापतिहरू हुकुम सिह राजपुत,जगत साह,महिला नेतृहरू गाेमा उपाध्याय,निर्मला रिजाल,लखनलाल साह,संजय जाेशी,पत्रकार युवराज खडका लगायतकाे उपस्थिति रहेकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close