
अजित कुमार भुजेल
बारा, मंसिर २७ गते शनिबार ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय निजगढ, निजगढ नगर पालिकाको कार्यालय, निजगढ नगर उधोग वाणिज्य संघ समेत सँयुत टोलीले निजगढ बजार अनुगमन गर्दा उपभोत्ता संरक्षण ऐन२०७५ बमोजिम प्रमोद किराना पसल-निजगढ ८ बाराले खरिद बिल नदेखाईकोले रु २००००/(बीस हजार मात्र), मुकेश किराना पसल-निजगढ ९ बाराले खरिद बिल नदेखाईकोले रु २००००/(बीस हजार मात्र), न्यु स्टायन्डर पाउरोटी उधोग -निजगढ बाराले अनुगमन कार्यमा असहयोग गरेकोले रु ५०००/(पाच हजार मात्र) , न्यू सोना फर्निचर एण्ड हार्डवेयर -निजगढ ९ बाराले खरिद बिल नदेखाईकोले रु २००००/(बीस हजार मात्र) तत्काल जरिवाना गरिएको र उत्त रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी गराउनु भयो ।




