
बिरगंज , पौष ११ गते शनिबार ।
“बोलबम हरिहरपुर बिर्ता कफला कावरिया संघ” पर्साको बैठक आज सम्पन्न भएको छ।सनातन धर्मको प्रचार,मनोकामना,फल प्राप्तिको लागी भोलेनाथ माथि आस्था राखी २० दिन देखी २५ दिन सम्म सन्यासी बस्त्र र कर्म धारण गरी बिभिन्न गांउशहरमा बीटोर पूजा गर्दै नेपाल भारतको तिर्थयात्रा गरी गंगा नदीबाट गंगा जल भरी माघ महिना संक्रान्ति(पंचमीको)दिन भारतको अरेराजमा रहेका सोमेशवरनाथबाबालाई जल चढ़ाउने गरिन्छ।
तर यो साल कोरोना महामारिको कारण बीरगंज नजिक रहेको त्रिवेणी नदीबाट जल बोझी गरी बीरगंज २४ रामगढ़वामा अवस्थित श्री सोमेशवरनाथ बाबाको मन्दिरमा जल अर्पण गर्ने यस कफलाका सदस्य कन्हैया पटेलले जानकारी गराएका छन।
यस कफलाका अध्यक्ष पण्डा अजय त्रिपाठीज्युको अध्यक्षता बसेको बैठकमा कफलका पुनदेव पण्डा,बिजय खाजंती, बृक्षा बिचारी, कमलेश जामदार,पनालाल,बहिदार,मुखिया सिपाही लगायत अन्य २०० बाबाहरूको उपस्थिति रहेको थियो।




