
वीरगंज १८ फागुन ।
बीरगंज कारागारमा रहेका भाईलाई जुत्तामा लुकाएर अवैध लागु औषध चरेश दिने क्रममा कारागारको सुरक्षामा खटिएको प्रहरीले आज विहान चेकजाँचको क्रममा दाईलाई रंगेहात पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा पुर्पक्षका लागि वीरगञ्जस्थित कारागारमा रहेका भाई लाक्पा शेर्पालाई भेट्न आएका सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर १ निवासी २२ वर्षीय दाई मिङ्मा शेर्पाले भाईलाई ल्याई दिएको जुत्ताको तलुवा भित्र अवैध लागु औषध १० ग्राम चरेश समेत भेटिएपछि कारागारको भेटघाट कक्षबाटै दाजुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पक्राउ परेका शेर्पालाई अदालतबाट म्याद थप गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रवक्ता खनालले बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




