जीपी फाउन्डेसन बाराद्वारा कलैया अस्पतालका विरामीलाई फलफूल वितरण ।

बारा, कलैया ०७ चैत्र , शनिबार ।

नेपालको राजनितीका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृतिमा जीपी फाउन्डेसन बाराले कलैया अस्पतालमा फलफुल वितरण गरेको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन बाराले कलैया अस्पतालका विरामीहरूलाई शनिबार फलफूल वितरण गरेको हो ।
फाउन्डेसन बाराका अध्यक्ष रामाकान्त साहको नेतृत्वमा अस्पतालका ३० जना विरामीहरूलाई फलफूल वितरण गरेको छ ।

फलफूल वितरण कार्यक्रममा शिक्षा विज्ञ कालिकान्नद ठाकुर, पूर्व प्राध्यापक रामविश्वास ठाकुर, वीपी कोइराला यूवा नेतृत्व विकास मञ्च बाराका अध्यक्ष राजेश सिंह, नेविसंघ बारका यूवा नेताहरू प्रवीण कुमार सिंह, हरिओम साह, राकेश पटेल, सौरभ गुप्ता , ठाकुर राम क्याम्पसका पूर्व स्ववियु सदस्य ललन कुमार यादव लगायत कलैया अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close