
सिमराकी पत्रकार पोखरेल पत्रकारिताको आडमा ठगी धन्दामा
सिमरा, बाराको सिमरामा बसोवार गर्दै आइरहेकी र केही बर्ष अगाडिदेखि पत्रकारितामा गर्दै आइरहेकी शारदा पोखरेलले पत्रकारिताकै आडमा ठगीधन्दा चलाएको पाइएको छ ।
उनी र उनका शसुरा मिलेर ठगी धन्दामा उनीहरु लागेको स्थानीय पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि यो कुराको पुष्टी भएको हो । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा बस्दै आएका र सिन्धुली स्थायी घर भएका पत्रकार शारदा र उनका ससुरा फूल बहादुर चौलागाइले झुठो कपाली तमसुक बनाएर ठगी गरेको सोही ठाउँकी पीडित गोमा कुमारी अधिकारी बस्नेतले बताइकी छन् । २०७७ साल चैत ३० गते इलाका प्रहरी कार्यालयमा जाहेरी दिँदै पीडित बस्नेतले आफूहरुलाई झुक्काएर शारदा र उनका ससुराले कपाली कमसुक बनाएको बताएकी छन् ।
उनले दिएको जोहरीमा भनिएको छ ः हामीलाई फूल बहादुर चौलागाइ र उनका बुहारी शारदा पोखरेलल े भुक्काएर बनाएको ११ लाखको कपाली तमसुकको रकम माग्दै कहिले प्रहरी बोलाएर धम्काउने,कहिले पत्रकारहरु बोलाएर समाचार लेखिििदन्छु भन्दै मानसिक तनाब दिँद आइरहेका छन् । निज चौलागाइ र उनका बुहारीले बागमतीबाट लेखनदास बोलाइ आफनो घरमा झुक्काएर कागज गराएको थिए । कपाली तकसुक गर्दा वडा कार्यालयको रोहबरमा गरिनुपर्ने कानुनी उपचार हुँदाहुँदै जालसाजी गरी ठगी गर्ने उद्देश्यले हामीलाई कागज गराइएको र कागजको कुनै प्रमाणहरु नदिइएकोले न्यायको लागि दरखास्त दिन खोजिएको हो ः बस्नेतले आफ्नो जोहरीमा उल्लेख गरेकी छन् ।
आफूहरुलाई कपाली तमसुक गराएको थाहा नभएको अवस्थामा निज चौलागाइ र बुहारी शारादा पोखरेलले बारम्वार इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी बोलाइ धडपकड र दुःख दिने गरेको कुरा समेत पीडितले जोहेरीमा उल्लेख गरेकी छन् ।
आफूहरु फूल बहादुर चौलागाइको घरछेउमा बसोवास गर्दै आइरहेको र पढेलेखेको नभएका कारण आफूहरुले कुनैपनि कानुनी सहयोगका लागि फूल बहादुर चौलागाइ र उनका बुहारी शारदा पोखरेलसंग समन्वय गरी सहयोग लिँदै आइरहेको र निज शारदा पोखरेलले सहयोग लिने क्रममा आफूहरुसंग झुक्काइ कपाली तमसुक ११ लाख र हाल रकम दे भनी धम्की दिइरहेको पीडित महिला बस्नेतले दिएको जोहरी पत्रमा भनिएको छ ।
कपाली तमसुकमा रकम फरक २०७७ साउन ४ गते बनाइएको भनिएको कपाली तमसुकको ब्यहोरामा नै रकम फरक रहेको पाइएको छ । एउटै लेखदासले लेखेको तमसुकमा बस्नेत परिवारलाई दिइएको भनिएको रकम फरक रहेको पाइएको छ ।
ब्यहोरा लेख्नेक्रममा लेखनदासले ११ लाख ५६ हजारको कागज बनाएकाने भएपनि उनकै अक्षरमा सोही कागजको पुछारमा असली ब्यवहार भन्दै रु.५ लाख,७८ हजारको मात्रै रकम उल्लेख गरिएको छ । कागजमा नै रकम फरक पर्नु नै उनीहरुको ठगीधन्दाको असली रुप भएको जानकारहरुको तर्क छ । कागजमा नै दुईखालको रकम उल्लेख हुनुले पत्रकार पोखरेल र उनका ससुराको नियत नै ठगी गर्ने रहेको स्पष्ट हुने पनि स्थानीयहरुको भनाइ छ ।




