फरक-फरक जहाजबाट आएकाले बोकेका स्पिकरभित्र भेटियो झन्डै डेढ किलो सुन

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूबाट प्रहरीले सुन बरामद गरेको छ।

 

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पाँच जनालाई प्रहरीले सुनसहित सोमबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्यूठान झिम्रुक गाउँपालिका-१ का यामलाल खनाल, गुल्मी मदाने गाउँपालिका-५ का जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबादुर तामाङ, देवचुली नगरपालिका-४ का राजु विश्वकर्मा छन्।

उनीहरूको साथबाट करिब डेढ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।

 

खनाल र खड्का एयर अरेबिया, सुमित र धनबहादुर हिमालय एयरलाइन्स र विश्वकर्मा नेपाल एयरलाइन्सबाट विमानस्थल उत्रिएका थिए।

खनाल, खड्का ८:१५, सुमित, धनबहादुर ११:१५ र विश्वकर्मा ११:२० बजेको फ्लाइटबाट विमानस्थल उत्रिएका थिए।

बाँस्तोलाका अनुसार उनीहरूले स्पिकरभित्र बेरेर सुन ल्याएका थिए।

 

स्पिकरभित्र सुन बेरेर ल्याइएको एक्सरे मेसिनबाट देखिएपछि फुटाएर हेर्दा सुन फेला पर्‍यो,’ बाँस्तोलाले भने।

 

बाँस्तोलाका अनुसार उनीहरू सबैले एक-एक वटा स्पिकर बोकेका थिए।

पक्राउ परेकालाई भन्सार कार्यालयमा पठाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको बाँस्तोलाले बताए।setopati

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close