
स्थानीयलाई अन्धाधुन्ध कुटपिट गर्ने सशस्त्र प्रहरीले माफी मागेपछि ठोरीको विजयबस्तीमा उत्पन्न तनाव साम्य भएको छ ।
सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र थापाको नेतृत्वमा आएको टोलीले सशस्त्र प्रहरीले विजयबस्ती चोक छेउमा घरमै चिया खाइरहेका केही स्थानीयलाई कुटपिट गरेपछि स्थानीय र प्रहरी बीच उत्पन्न भएको तनाव साम्य भएको हो ।
विजयवस्ती चोकबाट पश्चिमतर्फको घरको आँगनमा चिया खाइरहेका ४ जना माथि सशस्त्र प्रहरीका एक सिपाही आएर केही सोधपुट नै नगरी अन्धाधुन्ध लाठी प्रहार गरेपछि सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो ।
सशस्त्र प्रहरीले स्थानीयलाई अन्धाधुन्ध कुटपिट गरेपछि प्रतिकारमा उत्रिएका प्रहरीको टोली भागेर खानेपानी स्थित सशस्त्र प्रहरी कार्यालयभित्र पुगेको थियो । आक्रोशित स्थानीयहरुले सो टोलीलाई घेराउ गरेपछि कुटपिट गर्ने प्रहरीले माफी मागेको एक स्थानीयले बताए ।
कुटपिटबाट घाइते भएकाहरुको उपचार गर्ने र फुटेको मोबाइल सेट पनि नयाँ किनेर दिने वाचा गरेपछि स्थिति साम्य भएको हो । Nepalpostdaily




