
खेम राज खनाल झापा, जेष्ठ-१२ गते ।
झापा गौरीगंज गाऊपालिका २ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् ।
उनिहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८ ट्याब्लेट र Nitravet -३० ट्याब्लेट फेला पारेको हो ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




