
खेम राज खनाल जेठ २२ हेटौंडा
प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला मकवानपुर काक्सिराङ गा.पा. वडा नं. ५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झोला बोकी पैदल हिंडिरहेका जिल्ला मकवानपुर कैलास गा.पा.७ बस्ने बर्ष ४७ को हिरा बहादुर मोक्तान, ऐ.ऐ. बस्ने बर्ष २४ को राम बहादुर मोक्तान र ऐ.ऐ. बस्ने बर्ष २४ को ठाकुर सुनार लाई चेकजाँच गर्दा निजहरुले बोकेको झोलामा लागुऔषध गाँजा १२ किलो ३०० ग्राम फेला परेको हुँदा निजहरुलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्राप्त खबर।
आफ्नो प्रतिक्रिया दिनुहोस




