
बिरगंज , जेष्ठ २३ गते आइतबार ।
पर्सा प्रहरीले ३ लाख रकम सहित हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ बस्ने वर्ष ३९ को अमित कुमार गुप्ता रहेका छन । पर्सा प्रहरीले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम प्रहरी कार्यालयबाट खटिएको टोलीले निगरानी गरिरहेकोमा मिति २०७८।०२।२१ गते दिउँसो ११:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वाचोक स्थित ना.२८ प ५७५८ नम्बरको ग्लैमर मोटरसाईकल चलाई भारत रक्सौलबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई निजको शरीर रीतपूर्वक जाँच गर्दा निजले लगाएको अण्डरवेयरमा लुकाइ छिपाई राखिएको रु.३,००,०००।– (तीन लाख) फेला पारी उल्लेखित नम्बरको मो.सा.सहित निज अमित कुमार गुप्तालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।




