
बर्दिया , असार १० गते बिहीबार ।
मिति २०७८।०३।०८ गते २१:१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बर्दिया कार्यालय मातहत ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटीएको गस्ती टोलिले जिल्ला बर्दिया मधुवन नगरपालीका वडा नं.-५ गाउ नं.१० ऐलानि भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहेको जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. -५ गाउ नं. ९ बस्ने बर्ष अन्दाजी २२ को किरण थापा मगरलाई खानतलासी गर्दा निजले लगाएको हाफ पाईन्टको खल्तीमा कालो रंगको प्लाष्टिकमा पुरिया बनाई लुकाई छिपाईराखेको अवस्थामा १ ग्राम ९४० मिली ग्राम लागु औषध (ब्राउन सुगर) फेला परेकोले फेला परेको लागु औषध (ब्राउन सुगर) सहित निजलाई पक्राउ गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको बर्दिया प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




