
माया खड्का ढकाल
अबत बाबाले छोरीलाई शास्त्र नसिकाउ।
अस्त्र शस्त्रको शिक्षा देउ बनाउ शक्तिशाली ।
आमाले पनि सस्कार र सस्कृति नसिकाउ।
निडर बन्ने प्रेरणा देउ बनाउ हिम्मत वाली ।
गाग्री ताउलोको सट्टा खुडा र बन्दुक देउ बाबा।
अन्याय सहने होइन प्रतिकार गर्न सिकाउ आमा।
छोरिको घर कति धनी छ भनी मख्ख नपर।
बरु छोरी तिमी कति खुसी छौ भनी सोधी हेर नारिको स्तन चुसेर हुर्कियेका हे दानवहरु।
त्यही स्तनकै लागि बलात्कार गर्छौ किन ? नारिलाइ बेस्याको दर्जा दिने यो समाज ।
दुधे बालिका पनि छोड्दैनन आज किन ? अब विधयालयमा पनि छोरी मान्छेलाई नैतिक र सामाजिकको पाठ नपढाउ ।
बरु सक्छौ भने सरकार नारी सुरक्षीत हुने।
प्रशिक्षण केन्द्र खोली होनहार योद्धा बनाउ।
अब सुन्न नपरोस् निर्मला र सबिताको कथा ।
कुनै आमालाई पनि नपरोस यस्तो ब्यथा ।।
जय नारी । जय नारी ।। जय नारी ।।।
आफ्नो प्रतिक्रिया दिनुहोस




