उपभोक्ता ठगी गर्ने ५ फर्मलाई कार्वाही सोरुप ८० हजार जरिवाना सहित म्याद नाघेको पेय प्रदार्थहरु नस्ट गरियो ।

बिरगंज , साउन २२ गते शुक्रबार ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारी को नेतृत्वमा इलाका प्रशासन कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय सिमरा, सिमरा नगर उधोग वाणिज्य संघ सिमराको सन्युक्त टोलीले बारा जिल्लाको सिमरा बजार अनुगमन गरेको छ ।

शुक्रबार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन,२०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम विकास जेनरल स्टोर्स, सिमरा-३ बाराले खरिद बिल नदेखाएकोले रु. २०,०००/-(बीस हजार मात्र) जरिवानाका साथै रु. ३८५५/- बराबरको म्याद नाघेको हल्का पेय पदार्थहरु नष्ट गरिएको थियो भने आर. एन. इन्टरप्राईजेज सिमरा-३ बाराले खरिद बिल नदेखाएकोले रु. २०,०००/-(बीस हजार ) , ॐ शिवशक्ति जेनरल स्टोर सिमरा-६ बाराले निरीक्षण कार्यमा आवश्यक सहयोग नगरेकोले रु. २०,०००/-(बीस हजार ) , भाई किराना स्टोर्स-जितपुरसिमरा-१ बाराले खरिद बिल नदेखाएकोले रु. १०,०००/-(दश हजार ) र देवदास फेन्सी स्टोर्स- जितपुरसिमरा-१ बाराले खरिद बिल नदेखाएकोले रु. १०,०००/-(दश हजार ) को साथै रु.२२,६७०/-बराबरका म्याद नाघेका फेन्टा, क्यान बियर, डिउ, स्प्राइट जस्ता वस्तु नष्ट गरि तत्काल जरिवाना गरिएको छ , उत्त रकम ७ (सात) दिन भित्र बैंकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close