नवलपरासीको अदालतबाट कैद सजाय तोकिएका अभियुक्त २२ वर्ष पछि पक्राउ ।।

सुरेश यादव, नवलपरासी / भदाै ८ ।

२२ वर्षदेखि फरार रहेका १ जना अभियुक्त जिल्लामा पक्राउ परेका छन् । प्रहरीले तिनलाइ पक्राउ गरी जिल्ला अदालत नवलपरासी पुर्याएपछि अदालतले जेल पठाएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम प्रहरीले तिनलाइ २०७८ भदाै ४ गते रामग्राम नगरपालिका वडा नं ११ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साविक दाउन्नेदेवी गाविस वडा नं ५, हाल बर्दघाट नगरपालिका वडा नं १४ बस्ने वर्ष ६० का साहेव चौधरी रहेका छन् ।

२०५६ साल माघ १९ गते चाैधरीलाइ नवलपरासी जिल्ला अदालतबाट सवारी ज्यान मुद्धामा फैसला भई तत्काल १ वर्ष, ११ महिना, ५ दिन कैद सजाय तोकिएकाे थियाे तर तिनी साेही मितिदेखि फरार रहेका थिए ।

नवलपरासी जिल्ला अदालतले चाैधरीलाई २०७८ भदाै ७ गते कैद भुक्तानको लागि कारागार पठाएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close