राप्रपा ले आन्दोलनको बलमा राजसंस्था स्थापना गर्ने :-राप्रपा का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी को भनाइ

पवन साह

वीरगंज / राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी ले आन्दोलनको वलमा राप्रपाले राजसंस्था स्थापना गर्ने वताउनु भयको छ।उहाले अभिभावक विहिन मुलुक लाई दलिय सिन्डिकरणले लुटतन्त्र र भ्रष्टाचारको अखाडा बनायको वताउनु भयको छ।प्रजातन्त्रको मुल आधार शक्ति शन्तुलन र नियन्त्रणको सिद्धान्त वाट कांग्रेस तथा कम्युनिस्ट हरु च्युत भयका कारण प्रजातन्त्र को रक्षार्थ पनि राजसंस्था को आवस्यक रहेको कारण यो संस्था हिजोभन्दा आज झन सान्दर्भिक देखियको वताउदै नेपाल लाइ हिन्दुराष्ट्र वनाउन बाट कसैले रोक्न नसक्ने बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीको जिल्ला अधिवेशन लाई मलंगवामा सम्बोधन गर्दै उहाले मधेसवादी दलहरु समेत असफल भएका कारण अब मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी ले गर्नु पर्ने समेत बताउनु भएको छ।

अदालतको गाईजात्रा,निरीह संसद ले प्रजातन्त्रको खिल्ली उडाएको बताउदै यो व्यवस्था असफलताको लक्षण भएको समेत बताउनु भयो।

आउदो अधिवेशनले राप्रपा लाई सहि नेतृत्व दिने बताउदै उहाले कार्यकर्ता हरुलाइ विवेक पुर्ण निर्णय गर्न आग्रह गर्नुभयो।
अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति को निर्विरोध चयन गरेको छ।
कार्यक्रम लाई माननिय राजेन्द्र लिङदेल,लगायतका नेताहरुले सम्वोधन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close