ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, बम डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपाका एक नेता ललितपुरमा बम राखेर भाग्दै गर्दा पक्राउ परेका छन्।

शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्बर-११ का सानुराजा बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उनले बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानमा बम राखेर भाग्दै गर्दा पक्राउ गरेको परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। पक्राउ परेका सानुराजा विप्लव समूहका डिसिएम भएको पनि प्रहरीले जनाएको छ।

‘उनलाई कटुवा बन्दुक र तीन थान बमसहित पक्राउ गरिएको हो,’ परिसरह प्रवक्ता एसपी कार्कीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’

तीन थान बमलाई सानुराजाले राखैकै ठाउँमा डिस्पोज गरिएको थियो।

‘हातबाट बनाइएको बम भएकाले त्यो डिस्पोज गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तीनवटै बम त्यहीँ डिस्पोज गरिसकिएको छ।’

उक्त बम सेनाले डिस्पोज गरेको थियो। डिस्पोज क्रममा आवाज पनि आएको थियो।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close