
६ असोज अर्घाखाँची
१८ वर्षीया एक किशोरीसँगै एउटै कोठाबाट प्रहरीले तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रतिबन्धीत लागुऔषध खैरो हेरो इनसहित सेवन गरिरहेको अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका- १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई पक्राउ गरिएको छ ।
घटनास्थलबाट राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरु सबै चारै जना १८ वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ । ला गु औषध सेवन गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टको भनाई छ ।
उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम ब्राउन सुगर समेत भेटिएको छ
आफ्नो प्रतिक्रिया दिनुहोस




