१ लाख ५० हजार बराबरको बिस्फोटक पदार्थ , पटाकाहरु नस्ट ।

बिरगंज , कार्तिक १७ गते बुधबार ।

पर्सा प्रहरीले नेपालमा प्रतिबन्धित बिस्फोट पदार्थ (पटाका) हरु भित्रन नदिन र दिपावलिको समयमा भारतबाट आउने पटाकाहरुलाई नियन्त्रण गर्ने उदेश्यले पर्सा प्रहरीले आफ्नो मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले विभिन्न मिति , समयमा विभिन्न स्थानहरुबाट पक्राउ गरेको बिस्फोट पदार्थ , पटाकाहरु नस्ट गरेको छ ।

विभिन्न स्थानबाट चेकिङ्ग गरि नियन्त्रणमा लिएका अन्दाजी १ लाख ५० हजार बराबरको रकेट पटाका- ३५ पाकेट, नागिन- १२५० पाकेट , फुलझरि- ८०० पिस , रकेट फुलझरि- १२० पाकेट , बिडि पटाका- ७ बोरा, कोबरा र बिडि पटाका- ६ कार्टुन , चकलेट पटाका- ४० पाकेट , झिरझिरे- १०० पाकेट , टेन शर्ट- १०० पाकेट , सतरंगि- २० पाकेट , सेभेन सर्टस- २० पाकेट , स्काई रेड- १५ पाकेट , रंग दि बसन्ति- १२ पाकेट र अन्य बिस्फोट पदार्थलाई आजै बिहान ९:३० बजे जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा सन्चारकर्मिको उपस्थितिमा नस्ट गरिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close