
राजन कुमार बानिया
पोखरिया २८ अषार
पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ गोपीवस्ती बाट बिओपी सुबर्णपुरको सशस्त्र प्रहरी निरीक्ष सिंह बिर मल्लको नेतृत्वमा गएको टोलीले हिजो राती ११ बजे प्रतिबन्धित लागुऔषध ३० किलो गाँजा बरामद गरेको छ ।
नियमित गस्तिको क्रममा सशस्त्र प्रहरीको टोलीलाई तस्करहरुले देख्न साथ गाँजा फ्यालेर भागेको सशस्त्र प्रहरी निरीक्षक सिंह बिर मल्लले बताए ।
अहिले सो लागु औषध गाँजा सुबर्णपुरको गडुवालाईन सशस्त्र प्रहरी बिओपीमा रहेको र आवश्यक कार्यवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजमा पठाईने मल्लले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




