वीरगंज वडा नं १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर

वीरगंज महानगरपालिका वडा नं १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएको छ।

सवारी दुर्घटनाको मसध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएकाे छ ।

वीरगंज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अध्यक्ष सुशील साह कानुकाे पहलमा वडास्तरीय बजेटबाट वडा नं नम्बर १० को विभिन्न ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे हाे ।

वडाअध्यक्ष कानुका अनुसार, ठाकुराम क्याम्पसबाट सिर्सिया जाने चाेक, बालमन्दिर चाेक, टाउन हल अगाडि, नेपाल राष्ट्र बैंक अगाडि , अशाेकवाटीका जाने चाेक र आदर्श स्कुल अगाडि गरि ६ स्थानमा स्पिड ब्रेकर लगाइएको हाे ।

वीरगंज सहरकाे केन्द्रमा रहेकाे वडा नम्बर १० मा तिब्र गतिको कारण सवारी दुर्घटना हुने क्रम बढेपछि त्यसैलाई मध्यनजर गरि स्पिड ब्रेकर लगाइएको वडाअध्यक्ष कानुले बताए।

वडा अध्यक्ष कानुले भने पहिलाे चरणमा २ लाख रुपैयाँको लागतमा ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे भन्दै उनले आगामी आर्थिक वर्षमा फेरि बजेट विनियाेजन गरि वडाका अन्य स्थानहरुमा पनि स्पिड ब्रेकर लगाइने वडा अध्यक्ष कानुले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close