भन्सार छली ल्याएको खुद्रा सामान तथा हार्डवेयर पार्टसहरू लोड रहेको ट्रक सहित छपकैयाका रौफ आलम पक्राउ ।

बिरगंज , माघ ०५ गते बुधबार ।

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरी काठमाण्डौ लग्दै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७८।१०।०४ गते अ.२१:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित माईस्थान सडकखण्डमा प्र.२-०३-००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको हुँदा उक्त ट्रक तथा चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने वर्ष ३२ को रौफ आलमलाई नियन्त्रणमा लिई रू.५०,००,०००।–(पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज मिति २०७८।१०।०५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close