
बिरगंज , माघ १५ गते शनिबार ।
अग्रज वरिष्ठ पत्रकार पुरुषोत्तम सिँह भट्टराई स्व. विजयप्रकाश विन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
शनिबार होटल कुमु प्यालस आयोजित एक कार्यक्रमका बिच उहालाई सम्मानित गरेको थियो ।नगद ११ हजार १ सय ११ रुपैया र सम्मान- पत्रद्वारा सम्मानित गरिएको थियो ।
जिल्ला पर्सा बिरगंज महानगर पालिका वडा न.२ निवासि पुरुषाेतम सिंह भट्टराईले ३२ बर्ष अघि रौतहट आवाज साप्ताहिक पत्रीका सुरु गर्नु भएको थियो। सो पत्रीकाको प्रकाशक र सम्पादकको रुपमा निरन्तर कार्य गरि आईरहुनु भएको भट्टराई प्रेस युनियन पर्साको पुर्व अध्यक्ष समेत रहि सक्नु भएको छ ।
६८ बर्षिय भट्टराईले पत्रकारितामा आफ्नो तिन दशक सम्म निरन्तर समाजमा भएको बिसन्ति र पत्रकारको हितमा सधै आवाज उठाउदै आउनु भएको उहाको पत्रकारिता पेशा बाहेक अन्य कुनै पेशा र श्रोत नभएको एक ईमान्दारि पत्रकार भएकोमा आयोजनाले सम्मान गरेकोमा खुशि व्यक्त गर्दै आउने दिनमा पनि निरन्तरता दिने सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनु भयो ।
आफुले सधैं पत्रकारहरुको हित सोचेको र विविध कारणले गर्दा सोचे अनुसारको काम गर्न नसकेको भन्दै आउने स्थानीय निर्वाचनमा पुन: मेयर पदमा जिते सो अधरो काम पुरा गर्ने सो कार्यक्रममा बताए ।
पत्रकार पुरुषोत्तम सिंह भट्टराईलाई सम्मान गरेर संस्थाले अग्रज पत्रकारको मान बढाएकोमा प्रतिष्ठानलाई नगरप्रमुख सरावगीले धन्यवाद दिनु भएको थियो।
सो कार्यक्रमका बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले अग्रज वरिष्ठ पत्रकार भट्टराईलाई पुरस्कृत र सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी लामिछाने, पुर्व केन्द्रीय सदस्य महेश दास, पर्साका अध्यक्ष अनुप तिवारी, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदी, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोट, समाजवादी प्रेस संगठनका अध्यक्ष मनोज पटेल लगायतका अतिथिहरुले ओझेलमा रहेका अग्रज, निष्ठावान , कृयाशिल, सक्रिय , वरिष्ठ पत्रकारलाई सम्मान गरेकोमा खुशी व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि मेयर बिजय सरावगि रहनु भएको थियो ।
स्वागत मन्तव्य प्रतिष्ठानका सरोज खड्काले र कार्यक्रम सन्चालन माधुरि महतोले गर्नु भएको थियो ।





