नेपाली काँग्रेस पर्सा द्धारा ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न

वीरगंज, पर्सा

नेपाली काँग्रेस पर्सा द्धारा ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्सा द्धारा ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको छ।

आयोजित चियापान कार्यक्रममा नेपाली काँग्रेसका नेता माननिय रमेश रिजालको प्रमुख अतिथिमा भएको कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अजय चौरसिया,राप्रपा कि युवा नेता तथा सांसद बिना जैसवाल,नेपाली काँग्रेस संसदीय दलका पूर्व सचेतक एवं पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिव डा .शोभाकर पराजुली, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, अशोक कुमार गुप्ता,वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य बिजय ठाकुर,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता,सजाद हुसैन,राहुल कुमार गुप्ता, लगायतका ब्यत्किहरुले राष्ट्रिय एकता तथा मेलमिलापको बारेमा चर्चा परिचर्चा गरेका थिए भने कार्यक्रमको उद्घोषण नेपाली कांग्रेस पर्सा का सचिव इम्तियाज आलम ले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close